अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हन्टरविरुद्ध फौजदारी मुद्दा दर्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हन्टर बाइडनविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ । बन्दुक खरिद गर्दा आफू लागुऔषध दुर्व्यसनी रहेको कुरा ढाँटेको अभियोगमा उनीविरुद्द फौजदारी मुद्दा दर्ता गरिएको हो ।

अमेरिकामा बहालवाला राष्ट्रपतिका छोरा विरुद्ध फौजदारी मुद्दा दायर गरिएको यो पहिलो घटना हो ।

बाइडनको गृहराज्य डेलावेयरस्थित जिल्ला अदालतमा दायर गरिएको उक्त मुद्दामा दोषी ठहर भए ५३ वर्षीय हन्टरलाई अधिकतम् २५ वर्षसम्मको जेल सजाय हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अमेरिकी कानुनअनुसार कुनै पनि प्रकारको लागुऔषध दुर्व्यसनमा रहेका व्यक्तिले बन्दुक किन्न र राख्न पाउँदैनन् । हन्टर बाइडनले सन् २०१८ को अक्टोबरमा डेलावेयरको बन्दुक पसलबाट कोल्ट कोब्रा स्पेशल रिभोल्भर खरिद गर्दा आफू कुनै लागुऔषधको दुव्यर्सनी नरहेको झुटो दाबी पेस गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ । उनी विरुद्ध तीनवटा आरोप लगाइएकोछ । सो समयमा हन्टर बाइडन क्रयाक कोकिनका दुव्यर्सनी थिए ।

बाइडन अदालतमा कहिले उपस्थित हुने छन् भन्ने अझै स्पष्ट नरहेको समाचारमा जनाइएको छ । हन्टर विरुद्ध कर छली सम्बन्धी अर्को अनुसन्धान पनि जारी छ ।

बन्दुक तथा कर सम्बन्धी दुवै विषयको समाधान गर्न सरकारी अभियोजनकर्ता र हन्टरका कानुन व्यवसायीबीच गत जुनमा एउटा सहमति भएको थियो । सो सहमति अन्तर्गत बाइडनले समयमा कर नतिरेको सम्बन्धी दुई अभियोगमा आफनो दोष स्वीकार गर्ने र लागु औषध उपचारसम्बन्धी कार्यक्रममा संलग्न भएर अवैध बन्दुक सम्बन्धी फौजदारी अभियोगबाट मुक्ति पाउने चांजोपांजो मिलाइएको थियो । तर अन्तिम समयमा आएर अदालतले अनुमति नदिँदा नाटकीय रुपमा उक्त सम्झौता तुहिएको थियो ।

दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका ८० वर्षीय राष्ट्रपति जो बाइडनका लागि छोराको यो मुद्दाले राजनीतिक क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖