धनकुटामा बृह्त निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर सुरु
धनकुटा । धनकुटामा आज बाट अलोहा मेडिकल मिसनले गरिव, असायह र पहुँच विहिनहरुका लागि वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर सुरु गरेको छ ।
वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुद्धारा पितको पत्थरी, पाठेघर, हर्निया, हाईडोसिल, पायल्स, गाँठागुठीको शल्यक्रिया, दातको उपचार, कृतिम हात वितरण र घाँटीको समेत शल्यक्रिया हुने प्रचार विभाग प्रमुख नगेन्द्र राईले जानकारी दिनु भयो ।
आज बाट सुरु भएको शिविर असोज १२ गते सम्म संचालन हुने छ ।


