शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ५ असोज : कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिनुभएको छ ।

विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँ केन्द्रित विरोध गरिरहेका छन् ।

कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकसँगको वार्तालाई सकेसम्म आजै टुङ्गोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई आवश्यक निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

रक्षा मन्त्रालयमा आज बिहान उहाँले सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरुसँग छलफल गर्नु भएको थियो ।

आजको बैठकमा शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्तालाई सकेसम्म आजै निष्कर्षमा पुर्‍याउने गरी काम गर्ने विषयमा छलफल भएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।