ग्राण्डीमा ‘क्षयरोग उपचार डट्स केन्द्र’ स्थापना

काठमाडौँ, ९ असोज : क्षयरोगका बिरामीलाई औषधि सेवनका लागि सहज बनाउन ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र टोखा नगरपालिकासँगको सहकार्यमा डट्स केन्द्र स्थापना गरिएको हो ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर बिसी र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल निर्देशक डा विनोद बिजुक्छेलेसंयुक्तरूपमा सो केन्द्रको शुभारम्भ गर्नुभयो ।

सो अवसरमा अस्पतालका मेडिकल निर्देशक डा बिजुक्छेले क्षयरोगका बिरामीलाई औषधि सेवनका लागि सहज होस् भन्ने उद्देश्यले डट्स केन्द्र स्थापना गरिएको बताउनुभयो ।

टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत बिसीले टोखाले नगरपालिकाभित्रका ११ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट निःशुल्करूपमा औषधि वितरण गर्दै आएको जानकारी दिनुभयो । “टोखाले निजी क्षेत्रबाट पहिलोपटक ग्राण्डी अस्पतालबाट क्षयरोगको औषधि वितरण सुरु गर्न लागेको हो, यसले टोखावासीलाई सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा श्रेष्ठले सन् २०३० सम्ममा नेपालबाट क्षयरोग अन्त्य गर्ने नीतिका साथ केन्द्रले काम गरिरहेको बताउनुभयो । उहाँले छिट्टै काठमाडौँका अरु निजी अस्पतालमा समेत क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिने बताउनुभयो ।

यस्तै क्षयरोगको औषधि टोखा नगरपालिकाले ग्राण्डी अस्पताललाई निःशुल्क उपलब्ध गराउने सम्बन्धमा नगरपालिका र अस्पतालबीच सम्झौतासमेत भएको छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।