प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयक पेश गरिने
काठमाडौं। संघीय सांसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ।
संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार मंगलबारको बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने तथा ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० पेस गरिने छ।


