हिन्दू धर्ममाथि आक्रमण रोक्न राष्ट्रपतिलाई ज्ञापन पत्र

काठमाडौं। हिन्दू राष्ट्र कायम गराउने, गौहत्यालाई कारवाही गर्ने तथा सनातन धर्ममाथिको आक्रमण रोक्नुपर्ने लगायत ११ वटमा माग राखेर राष्ट्रिय सन्त सभाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छ।

पछिल्लो समय सनातन हिन्दु धर्ममाथि चौतर्फी आक्रमण हुँदासमेत राज्य चुप लागेर बसेको भन्दै सन्त सभाले राष्ट्रपति पौडेललाई ज्ञापन पत्र बुझाएको हो।

सन्त सभाले धरानलगायत मुलुकका विभिन्न स्थानमा भएको गौहत्याका दोषीलाई कानुन बमोजिम कारवाही गर्नपर्ने, धरानस्थित बालगोपाल मन्दिर नजिक झुक्याएर बनाइएको चर्चलाई तत्काल स्थानान्तरण गर्नु वा बन्द गर्नुपर्ने लगायतका माग राखेको राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाएको हो।

सन्त सभाले सनातन हिन्दु राष्ट्रमाथि सिलसिलाबद्ध आक्रमण हुन लागेको यही क्रम जारी रहे आफूहरु चुप लागेर नबस्ने चेतवनी समेत दिएको छ।

सन्त सभाले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्ञापनपत्र बुझाइ सकेको छ। अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।

सन्त समाजले धर्मपरिवर्तनले समाज र राष्ट्रलाई विखण्डनमा पुर्याउने भन्दै प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन नपाइने कानुनलाई कडाइका साथ लागू गर्न र सामाजिक सेवाको नाममा धर्मपरिवर्तनलाई प्रोत्साहन दिने खालका विदेशी संस्थाको पहिचान गरी अनुमति रद्द गरि त्यस्ता संस्थालाई कहिल्यै नेपालमा आउन नपाउने गरि देश निकाला गर्न माग गरेको छ।

सन्त सभाले सनातन धर्मालम्बीहरुको आस्थाका केन्द्र मठ मन्दिर, गुम्बा, चैत्यको जिम्मा पूर्ण जिम्मा धार्मिक क्षेत्रलाई नै दिने कानुनी व्यवस्था गर्न राष्ट्रपति समक्ष माग गरेको छ।

ज्ञापनपत्र बुझ्दै राष्ट्रपति पौडेलले सनातन हिन्दु धर्ममाथि भएको आक्रमणका विषयमा आफूले सरकारलाई सचेत गराउने बताएका थिए। उनले विभिन्न शक्ति केन्द्रले विभिन्न मिशनमार्फत मुलुकमा समाजिक सद्भाव खलल पुर्याउन खोज्ने गरेको उल्लेख गर्दै त्यसतर्फ सचेत रहनु पर्ने बताएका थिए।

‘विगतदेखि नै विभिन्न शक्ति राष्ट्रपतिहरुले विभिन्न मिशनमार्फत यहाँ (नेपाल) खेल्ने गरेका छन्,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै एक जना सहभागीले भने, ‘त्यसतर्फ हामी सबै सचेत हुनुपर्छ। तपाईंहरुको मागका विषयमा म सरकारलाई सचेत गराउँछु।’

सन्त सभाले तिहारसम्म आफूहरुको माग पूरा नभए देशव्यापी आन्दोलन गर्ने र त्यसले व्यवस्था नै नरहने स्थिति उत्पन्न हुने राष्ट्रपतिलाई जानकारी गराएको सन्तसभाका पुष्पराज पुरुषले जानकारी दिए।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।