हमासद्वारा अपहरणको भिडियोमा देखिएकी छोरीलाई बचाउन एक जर्मन आमाको गुहार

बर्लिन । प्यालेस्टाइनी चरमपन्थी समूह हमासले शानीबार गरेको आक्रमणपछि बेपत्ता भएकी आफ्नी छोरीको बारेमा जानकारीको लागि एक जर्मन आमाले अपिल गरेकी छन् ।

इजरायलमा गाजा पट्टी नजिकै आयोजना भइरहेको संगीत महोत्सवमा हमासका चरमपन्थीहरूले आक्रमण गरी उनलाई अपहरण गरेका थिए । त्यसपछि गाजाको सडकमा पिकअप ट्रकमा राखेर परेड गराइएको थियो ।

शानी लुक एक जर्मन पर्यटक हुन् जो महोत्सवमा उपस्थित थिइन् । जब चरमपन्थीहरूले आक्रमण गरे त्यहाँ उपस्थित मानिसहरू मरुभूमितर्फ दौडिएको देखिएको थियो ।

शानी लुककी आमा रिकार्डाका अनुसार उनले आफ्नी छोरीको भिडियो हेरे जसमा उनी कारमा अचेत अवस्थामा देखिन्छिन्। आफ्नी २० वर्षीया छोरीको तस्बिर समात्दै, रिकार्डाले सामाजिक सञ्जालमा एक अपील जारी गरेकी छन् जसमा उनले दक्षिणी इजरायलमा प्यालेस्टिनी हमासले पर्यटकहरूको समूह अपहरण गरेको उल्लेख गरेकी छन् ।

‘हामीलाई पठाइएको भिडियोमा, मैले मेरी छोरी अचेत अवस्थामा रहेको स्पष्ट रूपमा चिन्न सक्छु। उनीहरू उनलाई गाजा पट्टीमा लैजाँदै थिए,’ उनले भनेकी छन् ।

सामाजिक सञ्जालमा एउटा भिडियो निकै शेयर भइरहेको छ जसमा केही व्यक्तिहरु एक महिलालाई सडकमा परेड गराइरहेको देखिन्छ । महिलाको अनुहार तलतिर देखिए पनि परिवारले उनको ट्याटुबाट शानी लुकेको पहिचान गरेको बताएको छ ।

इजरायल–प्यालेस्टाइनमा हालसम्म ९७० जनाको मृत्यु भइसकेको छ सङ्गीत महोत्सवमा सहभागी भएका धेरै व्यक्तिहरू अझै बेपत्ता छन् र उनीहरूमध्ये धेरैलाई बन्धक बनाएको विश्वास गरिन्छ।

हमासको आक्रमणमा इजरायलमा ६०० भन्दा बढीको मृत्यु भइसकेको छ भने २००० जनाको उपचार भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।