मौलाकालिका मन्दिरमा भक्तजनको भीड

चितवन, ५ कात्तिक : गैँडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । दसैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो । गत वर्षभन्दा यस वर्ष भक्तजनको सङ्ख्या उल्लेख्यरुपमा बढेको छ ।

गत वर्षमा बिहानका समयमा मात्रै भक्तजन मन्दिर जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै जाने गरेका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका, अशक्तसमेत केबलकार चढेर मन्दिर पुग्ने गरेका छन् । दिउँसोको समयमा उकालो चढ्न कठिन हुने भएकाले बिहानमा मन्दिरमा भीड हुने गरेकामा अहिले साँझसम्म नै भक्तजन जाने गरेका हुन् ।

धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार नवदुर्गा सुरुभएसँगै भक्तजनको सङ्ख्या बढेको छ । शनिबार फूलपातीका दिन आठ हजार भक्तजनले दर्शन गरेको अनुमान गरिएको छ । आज पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

बिदाको दिन र पर्व विशेषमा दर्शनार्थीको सङ्ख्या बढ्ने गर्दछ । केबलकार गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो । मौलाकालिका केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार गत वैशाख महिनामा २५ हजारले केबलकार चढेका थिए । यो सङ्ख्या जेठमा २६ हजार थियो भने असार र साउनमा केही घटेको उहाँले जानकारी दिनुभयो ।

करिब पाँच सय वर्ष पहिले तत्कालीन पाल्पा राज्यका सैनिक टुकुटीले मौला राखेर शक्तिपिठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ । करिब २० वर्षयता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर भक्तजन भित्र्याउन थालिएको हो । मौलाकालिका मन्दिरमा दर्शन र पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।