रुसी सेनामा कार्यरत बर्दियाका युवा युक्रेनी सेनाको कब्जामा

काठमाडौं । रुसी सेनामा कार्यरत एक नेपाली युवालाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । युक्रेनको गृहमन्त्रीका सल्लाहकार एन्टोन गरास्चेन्कोले एउटा भिडिओ शेयर गर्दै यसको पुष्टि गरेका छन् ।

यी युवा हुन् बर्दियाका विवेक खत्री । गरास्चेन्कोले ट्वीटरमा शेयर गरेको भिडिओमा विवेकलाई केही प्रश्न सोधिएको छ । विवेकले आफू पैसा कमाउनका लागि रसियन सेनामा भर्ती भएको बताएका छन् ।

रसियन सेनामा भर्ना हुनुको कारणबारे सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘मेरो परिवार आर्थिक समस्यामा थियो । मेरी आमासँग कुनै काम थिएन । हामीलाई पैसा चाहिएको थियो । त्यसैले यो निर्णय लिएँ ।’

आफूलाई एकजना साथीले रसियन सेनामा भर्ती हुन सल्लाह दिएको उनले बताएका छन् । विवेकका अनुसार ती साथीले उनलाई रसियन सेनामा प्रशस्त पैसा कमाउन सकिने बताएका थिए ।

‘म एउटा सफल व्यक्तिका रूपमा आफ्नी आमासामु फर्किन चाहन्थेँ । त्यसैले (रसियन सेनामा) जोडिएँ,’ उनले भनेका छन् ।

उनले आफू एक व्यक्तिले मोबाइलमा भाषा अनुवाद गरेर सेनामा आवद्ध भएको बताएका छन् ।

युद्धको बारेमा के धारणा छ भन्ने प्रश्नमा विवेकको जवाफ छ, ‘धेरै मानिसहरू मारिएका छन् । युद्ध समाधान होइन । सबै मानिसहरू समान छन् । मानिसहरू मार्नु राम्रो कुरा होइन ।’

उनले पुटिनलाई हिटलरको संज्ञा दिँदै रसियन प्रणाली राम्रो नभएको बताएका छन् ।

यद्यपि, विवेकलाई दबाबमा राखेर बोल्न लगाइएको हुन सक्ने अनुमान छ ।- नेपाल प्रेस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।