अर्घा भगवती मन्दिरमा धार्मिक पर्यटक बढे

अर्घाखाँची, १० कात्तिक : अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकको वृद्धि भएको छ ।

बडादसैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा कोजाग्रत पूर्णिमाका दिनसम्म देवी भागवती, वेद पाठ पारायण तथा दुर्गा सप्तशती पाठ भइरहेको पण्डित केशवराज आचार्य बताउनुहुन्छ । बडादसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म विशेष विधिबाट यहाँ पूजा गरिन्छ ।

कोजाग्रत पूर्णिमाका दिन सराये नाच हुने गर्छ । अर्घाको सरोये नाच देशभर प्रसिद्ध छ । हालः यस मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवती मन्दिरको मूर्ति प्रतिस्थापन गरिएको छ । अर्घा दरबारअर्थात् अर्घा भगवती मन्दिरमा दस फिटको बेसमा, २१ फिटको मूर्ति राखिएको छ । मूर्तिसँगै सेल्फी खिच्ने पनि बढेका छन् ।

मूर्ति प्रतिस्थापनसँगै मन्दिर तथा पौवा निर्माण गरिएको छ । दरबार तथा मन्दिर वरिपरि चिटिक्क पारिएको छ । लिच्छवीकालदेखि नै यस दरबार तथा मन्दिरमा पूजाआजा हुँदै आइहेको मन्दिर संरक्षण समितिका अध्यक्ष सरोज भुसालको भनाइ छ ।

लुम्बिनीमा आएका पर्यटक तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीयस्थल सुपा देउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति स्थापना गरिएको हो । सन्धिखर्क नगरपालिकाका पूर्वप्रमुख कमलप्रसाद भुसालले उक्त मूर्ति स्थापनाका लागि पहल गर्नुभएको थियो।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै गुल्मीको रेसुङ्गा र प्युठानको स्वर्गद्वाराीमा आएका पर्यटकलाई अर्घा दरबारमा लैजाने उद्देश्यले मूर्ति स्थापना गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖