४० वर्ष हुँदा पनि २० वर्षको देखिन चाहनु हुन्छ ? यस्ता कुरा खानुस्

एजेन्सी । आफू सुन्दर देखिऊ, जवान नै रहिरहूँ भन्ने चाहना त कसले पो नगर्ला ? हिजोआज खराब जीवनशैली र खानपानका कारण मानिसहरू उमेरभन्दा पहिला नै बुढो देखिन थालेका छन् ।

सधैँ आफू जवान र सुन्दर देखिन चाहनु हुन्छ भने तपाईँले पनि आफ्नो डाइटमा ध्यान दिन जरुरी छ । खानामा हेल्दी फ्याट, एन्टिअक्सिडेन्ट, प्रोटिन र भिटामिन सी अनिवार्य समावेश गर्नुस् । आजको यो लेखमा हामी ३० वर्ष उमेर कटेपछि हरेक महिला र पुरुषले आफ्नो भोजनमा समावेश गर्नु पर्ने केही खानेकुराबारे कुराकानी गर्नेछौँ ।

ड्राई फ्रुट्सः

यसमा एन्टि–एजिङ गुण पाइन्छ । यसले छालामा चमक कायम राख्न सघाउँछ भने छालालाई कसिलो बनाइराख्न पनि मद्दत गर्छ । यसमा छालालाई स्वस्थ बनाउने अनि बुढ्यौलीको निशानी रोक्न मद्दत गर्ने तेल र एन्टिअक्सिडेन्ट हुन्छ । ड्राई फ्रुट्समा उच्च मात्रामा डायट्री फाइबर पाइन्छ, जसले पेट र पाचन प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । पाचन प्रणाली मजबूत रह्यो भने शरीर पनि स्वस्थ रहन्छ ।

एभोकाडोः

एभोकाडोमा मोनोअनस्याचुरेटेड फ्याटी एसिड, कराटिनोयड र फेनोलिक कम्पाउन्ड्स हुन्छ । केही अध्ययनका अनुसार कराटिनोयडले छाला बुढो हुने प्रक्रियालाई सस्त बनाउँछ । गूड फ्याट र एन्टिअक्सिडेन्ट पनि भरपूर हुने भएकोले यो एन्टि–एजिङका लागि उत्तम खानेकुरा हो ।

ब्रोकाउलीः

ब्रोकाउली एन्टी–इन्फ्लेमेटरी र एन्टी एजिङ गुणका लागि चर्चित छ । यसमा भिटामिन सी र भिटामिन के पनि पाइन्छ । यसले अनुहारको चाउरीपन कम गर्न मद्दत गर्छ । शरीरको कोलेजन संश्लेषणका लागि भिटामिन सी आवश्यक पर्छ । यो तत्त्व ब्रोकाउलीमा पाइन्छ । यसबाट धेरै लाभ लिने हो भने काँचै वा बाफमा पकाएर खानुहोस् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।