पाँचथर जिल्ला अस्पतालमा आइसियु सञ्चालन नहुँदा बिरामी मर्कामा

पाँचथर, २० कात्तिक : पाँचथर जिल्ला अस्पतालमा निर्माण भएको सघन उपचार कक्ष (आइसियु) सञ्चालन हुन नसक्दा बिरामी मर्कामा परेका छन् । कोभिड–१९ को महामारीका समयमा जिल्ला अस्पतालमा आइसियु स्थापनाका लागि जनप्रतिनिधि, सरोकारवाला तथा स्वास्थ्यकर्मीले पहल थालेका थिए । दुई वर्षअघि निर्माण सम्पन्न भएको १० शय्याको उक्त आइसियू कक्ष सञ्चालन हुन नसकेपछि जिल्ला अस्पतालमा उपचार हुने बिरामी तराईका अस्पताल जान बाध्य भउका हुन् ।

सङ्घीय सरकारको सहयोगमा रू दुई करोडको लागतमा छ वटा भेन्टिलेटर र पाँच वटा डायलाइसिस मेसिन जडान गरिएको अस्पतालमा सूचना अधिकारी नारायण जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार डायलाइसिस मेसिनको कात्तिक पहिलो साता परीक्षण गरी नियमित सञ्चालनको तयारी थालिएको छ ।

जनशक्ति र प्रयोग हुने औषधिको अभावमा आइसियु तत्कालै सञ्चालन हुनसक्ने अवस्था नभएको जोशीको भनाइ थियो । आइसियु सञ्चालन नहुँदा गत आवमा मात्रै एक सय ९२ जना बिरामीलाई जिल्ला अस्पतालबाट अन्यत्र पठाइएको उहाँले जानकारी दिनुभयो ।

“आइसियु सञ्चालनका लागि एनेस्थेजियोलोजिस्ट चिकित्सक र अन्य सहायक स्वास्थ्यकर्मी आवश्यक छ । चिकित्सक र स्वास्थ्यकर्मीको पर्याप्त दरबन्दी जिल्ला अस्पतालमा छैन । यहाँ कार्यरत एनेस्थेजियोलोजिस्ट चिकित्सक केही महिनामै आफ्नो अवधि पूरा गरी सरुवा हुन लागेका छन्”, जोशीले भन्नुभयो ।

दुर्गम क्षेत्रमा सेवा दिने स्वास्थ्यकर्मीलाई उचित सेवा सुविधाका साथै काम गर्ने वातावरण नहुनु, सुरक्षामा चुनौती र भौगोलिक कठिनाइलगायत कारण चाहेअनुसार स्वास्थ्यकर्मी राख्न नसकिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बुद्धिबहादुर थापाले बताउनुभयो । अस्पतालमा आइसियु सेवा सञ्चालन गर्नसके गम्भीर प्रकृतिका बिरामीलाई ठूलो राहत पुग्ने र रेफर गर्नुपर्ने अवस्थामा कमी आउने उहाँको भनाइ थियो । उपकरण भएर पनि सञ्चालन गर्न नसक्दा दुर्गम क्षेत्रका सेवाग्राही मर्कामा परेका उहाँले बताउनुभयो ।

पाँचथर अस्पतालले नियमितरुपमा ताप्लेजुङ र तेह्रथुमका बिरामीलाई समेत सेवा दिँदै आएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बेका अनुसार जिल्ला अस्पतालले थप ५० शय्याको स्वीकृति पाए पनि कार्यान्वयन हुन सकेको छैन । उहाँले अहिले ६० शय्यासम्म बिरामी राखेर सेवा दिइरहेको जानकारी दिनुभयो ।

“आइसियुका लागि उपकरण तयार भए पनि तत्कालै सञ्चालन गर्न कठिन छ । माथिल्ला निकायमा स्वास्थ्यकर्मी पठाइदिन ताकेता गरिरहेका छौँ”, आङ्देम्बेले भन्नुभयो । जनशक्ति र प्रयोग हुने औषधिको उचित व्यवस्थापन हुन सके आइसियु सञ्चालन गरिने उहाँले बताउनुभयो ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।