दुर्गा प्रसाईं घरमै नजरबन्द – प्रहरी भन्छ नजरबन्द होइन

काठमाडौं। नागरिक बचाउ अभियानका अभियन्ता मेडिकल व्यवसायी दुर्गां प्रसाईंको तीनकुने क्षेत्रमा पूर्वनिर्धारित कायक्रम नगर्न काठमाडौं प्रशासनले रोक लगाएको छ ।

उनको पक्षधर केही युवाहरुलाई प्रहरीले पक्राउ गर्दै प्रसाईंलाई समेत भक्तपुरस्थित उनको निवासमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी वसन्त पाठकले प्रसाईंको सुरक्षाका लागि प्रहरी निवासमा तैनाथ गरिएको बताए।

प्रवक्ता पाठकले डिसी नेपालसँगको कुराकानीमा भने, ‘अहिले उहाँको निवासमा प्रहरी परिचालन मात्रै गरिएको हो । यो एक सातादेखिकै नियमित कार्य हो । तर नजरबन्दमा राखिएको छैन । प्रहरीलाई त्यस्तो निर्देशन पनि आएको छैन।’

उनको निवास वरपर प्रहरी सुरक्षाका लागि तैनाथ गरिएपनि नजरबन्दमा भने नराखिएको प्रवक्ता डिएसपी पाठकले जनाएका छन्।

प्रसाईंको नागरिक बचाउ अभियानका सह प्रवक्ता राजानन्द माण्डब्यले निवासमा व्यापक प्रहरी तैनाथ गरिएको र बाहिर निस्कन नदिएको बताएका छन्।

उनका अनुसार अहिले प्रसाईंको घरबाहिर प्रहरी तैनाथ गरिएको छ । र, प्रहरीले प्रसाईंलाई ‘माथीको आदेश’ भन्दै बाहिर निस्कन अनुमति दिएको छैन ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।