प्रसाईँले भने- पूर्व अनुमति दिएर कार्यक्रम गर्न दिइएन
काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पूर्व अनुमति दिएर कार्यक्रम गर्न नदिएको गुनासो गरेका छन् ।
भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा गर्ने अनुमति दिएर अन्तिममा प्रतिबद्धता तोडेको आरोप लगाएका छन् ।
‘म लहानमा हुँदा काठमाडौंको सिडयो साहेवले फोन गरेर पहिलो दिन बल्खुमा गर्ने स्थान दिनु भयो, भोलि देखी तीनकुनेमा गर्छौ भने पछि हुन्छ भन्नु भएको थियो, मैले पनि हुन्छ भनेको थिएँ,’ प्रसाईँले भने ।
उनका अनुसार काठमाडौं जिल्ला अधिकारीले पूर्व सहमति दिएर अन्तिममा प्रतिबन्ध लगाएका हुन् ।


