बागमती समुह विजेता बन्दै केपी ओली कप क्रिकेटको सेमिफाइनलमा

८ मंसिर, पोखरा । लगातार दोस्रो खेल जित्दै बागमती प्रदेश पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेसँगै बागमती प्रदेश समुह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।

रित गौतम र इशान पाण्डेको उत्कृष्ट ब्याटिङ तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा बागमती सेमिफाइनलमा प्रवेश गरेको हो ।

पोखरा रंगशालमा टस जितेर ब्याटिङ गरेको बागमतीले २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो । बागमतीका लागि ओपनर ब्याटर रित गौतमले सर्वाधिक ८२ रनको पारी खेले । उनले ५९ बलमा १० चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै वान डाउन आएका इशानले ३८ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७० रनको आक्रमक पारी खेले । प्रतिश जिसी १२ रनमा अपराजित भए । अन्य कुनै ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका लागि दिनेश अधिकारीले ३ विकेट लिए । दिवान पुन र अनुज चहराले १–१ विकेट लिए ।

बागमतीले दिएको १९० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १७.३ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो ।

कर्णालीका लागि विकेटकिपर ब्याटर अर्जुन घर्तीले सर्वाधिक २४ रन बनाए । उनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । कपतान रविन्द्र शाहीले २०, विपिन शाहीले २१ र दिपेन्द्र रावतले १२ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीका लागि बलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । प्रतिश जिशी, रिजन ढकाल, सुवास खत्री र इशान पाण्डेले १–१ विकेट लिए ।

पहिलो खेलमा बिहीबार बागमतीले आयोजक मदन भण्डारी स्टोर्टस एकेडेमी (रातो) लाई हराएको थियो । बागमतीले मंसिर १४ गते सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नेछ । समुह डीमा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्टोर्टस एकेडेमी (नीलो) छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।