आठ हजार मोटरसाइकलले स्कर्टीङ गरेर पूर्व राजा शाहलाई बिर्तामोड पुर्‍याइने

पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउँसो झापा जाने भएका छन् । बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्व राजा शाह झापा जान लागेका हुन् ।

पूर्व राजाको भ्रमण व्यवस्थापन गर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एकसाता देखि झापामै छन् । अध्यक्ष लिङ्देन पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेको बताइएको छ ।

भोलि शनिबार धुलाबारीस्थित निन्दा खोलाको पुलबाट उनको स्वागतमा मोटर साइकल र्याली गरिने भएको छ । पूर्व राजालाई ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पुर्‍याउने कार्यक्रम रहेको राप्रपा झापाले जनाएको छ ।

पूर्व राजाले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारणसँग भेट गर्ने छन् । मंसिर ६ गते नै झापा जाने कार्यक्रम भए पनि अस्पताल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो प्रदर्शकको कार्यक्रम नसकी हिँडिदिँदा अर्कै सन्देश जाने भनेर चिन्ता जनाएपछि पूर्व राजाको झापा यात्रा सारिएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।