एमाले नेतालाई छोए फाँटैफाँट लखेट्ने महेश बस्नेतको चेतावनी

काठमाडौँ । एमाले नेता तथा राष्ट्रिय युवासंघका इन्चार्ज महेश बस्नेतले गणतन्त्र विरोधी दुर्गा प्रसाईंलाई एमाले नेता कार्यकर्तालाई छोएर देखाउन चुनौती दिएका छन् । युवा संघले एमाले पार्टी कार्यालय च्यासलमा शुक्रवार गरेको कार्यक्रममा बोल्दै नेता बस्नेतले बिहीबार प्रसाई समर्थकले हेटौँडा र कलंकीबाट तीनकुने हिँडेका आफ्ना कार्यकर्तामाथि आक्रमण प्रयास भएको भन्दै युवा संघ सशक्त भएकाले प्रतिरोध गर्न सफल भएको बताए ।

बस्नेतले युवासंघलाई जुध्न बाध्य नपार्न चेतावनी दिए । ‘युवा संघसँग टक्कर लिनेले ठक्कर खान्छ । आज पनि म सुन्दैछु श्रीलङ्का बनाउने रे ! नेताहरूका घर हान्ने रे । तिम्रा बाउका तागत छ भने एमाले नेताका घरहरू छोएर हेर । हिम्मत छ भने एमालेका समर्थक शुभचिन्तकहरूलाई छोएर हेर’, उनले भने, ‘एमाले पङ्क्ति अरिङ्गालको गोला जस्तो हुनेछ ।’उनले एमाले नेता र उनीहरूका घर छोएमा पुच्छर ठाडो पारेर फाँटैफाँट लखेट्ने चेतावनी दिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।