पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क

ललितपुर, १९ मङ्सिर : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क वितरण गर्ने भएको छ । मेटास्टेटिक अवस्था अर्थात् (चौथो स्टेज) को हर्मोन पोजेटिभ भएका बिरामीका लागि राइबोसिक्लिव र लेट्रोजोल ट्याबेलट निःशुल्क उपलब्ध गराइने अङ्कोलोजिष्ट डा अरुण शाहीले जानकारी दिनुभयो ।

डा शाहीका अनुसार निःशुल्क वितरण गरिने औषधि मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै सहज र प्रभावकारी हुन्छ । उहाँले भन्नुभयो, “अमेरिकामा पहिलो रोजाइमा पर्ने यो औषधि विश्वस्तरीय ब्राण्ड हो र यसले युएसएफडए मान्यता समेत पाएको छ ।” म्याक्सले पाटनमा वितरण गरेका अरु क्यान्सरका औषधि चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट पनि निःशुल्क उपलब्ध हुने गरेपनि पछिल्लो पटक आएको स्तन क्यान्सरको यो औषधि पाटन अस्पतालबाट मात्र निःशुल्क वितरण हुने गरेको छ ।

डा शाहीका अनुसार उक्त औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्ने र त्यसको खर्च रु एक लाखभन्दा बढी पर्छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖