स्वास्थ्यमा पहुँच पुर्याउन भोजपुरको दुई पालिकामा शिविर

निरोज कोइराला/ भोजपुर, ११ पौष । स्वास्थ्यमा पहुँच पुर्याउने उद्धेश्यकले पहाडी जिल्ला भोजपुरको दक्षिणमा रहेको दुई पालिकामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

​नोबेल मेडिकल कजेज टिचिङ हस्पिटलको सहयोगमा हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर संचालन हुन लागेको हो ।

​आगामी पौष २३ गते हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार र २४ गते आमचोक गाउँपालिकाको केन्द्र बालंखामा शिविरको आयोजना भएको भोजपुरबाट निर्वाचित प्रदेशसभा सांसद बिनोद बान्तवाले बताउनुभयो । “स्वास्थ्य उपचारको सहज पहुँचबाट बञ्चित नागरिकलाई सेवा दिने उद्धेश्यका साथ शिविर संचालन हुन लागेको हो, यसले नागरिकको स्वास्थ्यमा टेवा मिल्छ ।” प्रदेश सांसद बान्तवाले भन्नुभयो ।

​संघीय सांसद तथा कलेजका संचालक सुनिल शर्मासँगको समन्वयमा शिविर संचालनको तयारी भएको हो ।

दुई पालिकामा हुने शिविरमा हस्पिटलको बिशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिने छ । शिविरमा जेनेरल मेडिसिन तथा मुटु रोग, प्रसुती तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नसा रोग लगायतका बिभिन्न १३ वटा परीक्षणहरु हुने शिविरका सम्पर्क ब्यक्ति सन्तोष कोइरालाले बताउनुभयो ।

​उहाँले बिशेषज्ञ स्वास्थ्यकर्मीबाट सेवा दिइने भएकाले दक्षिण क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवा लिन पनि आग्रह गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।