काठमाडौँ महानगरमा स्वास्थ्य बीमाका २४ प्रथम सेवा विन्दु

काठमाडौँ, १३ पुस : काठमाडौँ महानगरपलिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न २४ वटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेको छ । महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले महानगरको प्रत्येक वडा कार्यालयमा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दुका रुपमा तोकिएको बताउनुभयो ।

“वडामा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकी वीमितको उपचारका लागि तोकेका छौँ”, उहाँले भन्नुभयो, “३२ वडामध्ये २४ वटा वडामा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र उपकरण र जनशक्तिको सबै तयारी पूरा गरिसकेको र बाँकी वडामा तीन महिनाभित्र सबै तयारी सक्ने छौँ ।”

यहाँ रहेका केन्द्रीय अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले प्रथम सेवा विन्दु हुन अस्वीकार गरेपछि वडा कार्यालयमा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकिएको हो ।

प्रथम सेवा विन्दुबाट उपचार गरेपछि केन्द्रीय अस्पतालमा ‘रिफर’ गर्न पाइने उहाँले बताउनुभयो । महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य बीमा कार्यक्रम गर्ने सहमति भएको छ ।

ललितपुर महानगरले यही पुस २ गते स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो । महानगरका स्वास्थ्य विभाग प्रमुख पौडेलले ३२ वटै वडामा स्वास्थ्य बीमा सहजकर्ता छनोट गरिएको जानकारी दिनुभयो । छनोट गरिएका सहजकर्तालाई बोर्डले यही पुसभित्र तालिम अभिमुखीकरण दिने छ ।

उहाँका अनुसार तालिम लिइसकेपछि स्वास्थ्य बीमा सहजकर्ताले प्रत्येक घरमा गई घरपरिवारलाई बीमित गराउने छन् । बीमित भएको तीन महिनापछि मात्र बीमितले बीमा कार्यक्रममार्फत उपचार सेवा पाउने छन् ।

सरकारले सबै नेपाली नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि २०७२ सालबाट बीमा कार्यक्रम ल्याएको थियो । बोर्डमा हालसम्म ७४ लाख बमित भइसके पनि करिव ४७ लाख मात्र सक्रिय छन् ।

विसं २०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पु¥याउनका लागि स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको थियो । अहिले ७७ जिल्लामा लागू गरिएको स्वास्थ्य बीमा बोर्डले एक लाखसम्म बीमित परिवारले निःशुल्क उपचार सेवा पाउने छन् । एकदेखि पाँच जनासम्म परिवारले प्रत्येक वर्ष बीमितबापत रु तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी भएको खण्डमा प्रत्येक एक जना बराबर थप रु सात सय थप्नुपर्ने छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।