चेपाङ समुदायलाई औषधि वितरण

मुग्लिन (चितवन), १४ पुस : चितवनको इच्छाकाना–१ भाराङ्गको विपन्न चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइ मार्फत चेपाङलाई रु दुई लाख ५० हजार बराबरको औषधि सहयोग गरिएको हो ।

सामाजिक क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको सपना भिलेज सोसल इम्प्याक्टले ४१ प्रकारका औषधि सहयोग गरेको हो । चेपाङ समुदायका बालबालिकालाई चाँडै नै पोषणयुक्त खानाका लागि समेत सहयोग गर्ने इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो ।

“एम्बुलेन्स उपलब्ध गराउन पनि पहल गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाले सीमित मात्रामा औषधि सहयोग गर्ने गरेको स्वास्थ्य एकाइ भाराङ्गका प्रमुख कमला हमालले बताउनुभयो । “बिरामीलाई औषधि दिन सकिएको थिएन, निःशुल्क औषधि उपलब्ध भएपछि तत्काललाई समस्या टरेको छ”, उहाँले भन्नुभयो ।

गाउँमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइमा सेवाग्राहीको चाप बढेसँगै औषधि अभाव भएको थियो । निःशुल्करुपमा हस्तान्तरण गरिएको औषधिले ठूलो राहत मिलेको इच्छाकामना गाउँपालिकाका सदस्य शङ्खबहादुर चेपाङले बताउनुभयो । यहाँ चेपाङ समुदायका बालबालिका कुपोषणबाट ग्रस्त छन् । उनीहरु घाउ खटिराबाट समेत पीडित छन् । यहाँका स्थानीय उपचारका लागि सदरमुकाम भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖