भूकम्प पीडितलाई दुई प्रतिशत ब्याजमा ऋण दिन आग्रह

जाजरकोट, १४ पुस : नलगाड नगरपालिकाले गत कात्तिक १७ गते गएको भूकम्पबाट जनधनको क्षति बेहोरेका पीडितलाई दुई प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन आग्रह गरेको छ ।

नगरपालिकाले कार्यपालिकाको बैठकबाट निर्णय गरेर भूकम्प पीडितलाई दुई प्रतिशत ब्याजमा रु ५० लाखसम्म ऋण दिन आग्रह गरिएको नगरप्रमुख डम्बर रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “विसं २०७२ को भूकम्पबाट प्रभावित नागरिकलाई नेपाल सरकारले जसरी दुई प्रतिशत ब्याजदरमा ऋण दिएको थियोे, त्यसरी नै नलगाड नगरपालिकाका भूकम्पबाट प्रभावित नागरिकहरुलाई पनि दुई प्रतिशत ब्याजदरमा रु ५० लाखसम्म ऋण दिनका लागि अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक लाई पत्र पठाइएको छ ।”

यहाँका अधिकांश सर्वसाधारणका घर, पशुचौपाया तथा घरमा रहेका अन्य सामग्रीसमेत नष्ट भएकाले समस्या भोगिरहेको भन्दै अर्थ र राष्ट बैंकसँग यस्तो माग गरिएको उहाँले बताउनुभयो । नलगाडमा मात्र भूकम्प प्रभावितको सङ्ख्या आठ हजार ९७ घर परिवार रहेको छ । भारत गएर कमाइ ल्याएको रकमबाट बर्सेनि दैनिक परिवार पाल्ने यहाँका बासिन्दाको भूकम्पबाट सबै गुमाउँदा परेको समस्या समाधान गर्न नगरपालिकाले दुई प्रतिशतमा ऋण मागेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।