विविधता नेपालको परिचय र सम्पत्ति होः मन्त्री गुरुङ

काठमाडौँ, १५ पुस : सहरी विकास मन्त्री सीता गुरुङले बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक र बहुधार्मिक विविधता नेपालको परिचय र सम्पत्ति भएको बताउनुभएको छ । आज टुँडिखेलमा आयोजित तमू ल्होसार महोत्सव २०८०का अवसरमा उहाँले नेपालका हरेक जातजातीको आ–आफनो पहिचान र परम्परा तथा साँस्कृतिक मूल्यमान्यता रहेको बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “पुर्खाले सदियौँदेखि जोगाएर राखेको धार्मिक, साँस्कृतिक सम्पदा र संस्कृतिलाई संरक्षण एवम् सम्बद्र्धन गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ । हामी सवैले त्यसलाई जोगाउन सक्नुपर्छ ।”

फरक प्रसङ्गमा उहाँले वर्तमान सरकार सुशासनसहित तीव्र विकासमा अघि बढिरहेको बताउँदै नागरिकको अवस्था परिवर्तनका लागि सरकारले अहोरात्र काम गरिरहेको जिकिर गर्नुभयो । मन्त्री गुरुङले भन्नुभयो, “नागरिकको बढ्दो असन्तुष्टि र नकारात्मक टिप्पणीप्रति सरकार सचेत छ । तर सरकारले केही गरेको छैन र केही हुँदैन भन्नु जुन भाष्य निर्माण हुँदैछ त्यो गलत छ । भौतिक पूर्वाधारमै पनि विकासका हिसाबले फड्को मारेको छ ।” सरकारले नागरिक तहमा अनुभूत हुने गरी काम गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री गुरुङले त्यसको परिणाम छिट्टै देखिने र निराशावादी नहुन आग्रह गर्नुभयो ।

नेपाल आदिवासी जनजाती महासङ्घ सङ्घीय परिषद्का अध्यक्ष ग्लाल्जेन लामाले अर्थतन्त्रमा देखिएको मन्दी र विकास निर्माणमा देखिएको शिथिलतालाई चलायमान तुल्याउ सरकारसँग माग गर्नुभयो ।

तमू ह्यालु छोज धि गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष कर्णबहादुर गुरुङले तमू ल्होसारले सवैजातजाति र समुदायमा आपसी सद्भाव कायम गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभयो ।

उहाँले भन्नुभयो, “गुरुङ समुदायका युवालाई विदेश पलायनबाट रोक्न रोजगारी दिइनुपर्छ । नेपाल आदिवासी जनजाति आयोगलाई तमु समुदायको भाषा, सँस्कृति र भेषभूषाको सम्वद्र्धनका लागि दिँइदै आएको बजेट बृद्धि गर्न सरकारसँग माग गर्छाै ।”

महोत्सव मूल समारोह संयोजक लोकबहादुर गुरुङले तमु समुदायले उठाएका विषयवस्तुलाई प्रधानमन्त्रीबाट सकारात्मक रुपमा ग्रहण गरी सम्बोधन गर्ने प्रतिबद्धता जनाएकामा धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपालको आदिवासी मध्ये तमू समुदायको आफ्नै भाषा, सँस्कृति र मूल्य मान्यता तथा बेग्लै पहिचान छ । विश्वमै सहासिक र इमान्दारी जाति र समुदायकारुपमा गुरुङ समुदायले परिचय बनाएको छ । महोत्सवका अवसरमा लामा गुरुद्वारा शान्ति स्वस्ती पाठका साथै तमु समुदायभित्रका विभिन्न १२ समुदायबाट नव वर्षका उपलक्ष्यमा उपलब्ध १२ वटा बेलुन समेत उडाइएको थियो ।

त्यस अवसरमा गुरुङ समुदायबाट समाजका विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने मन्त्री गुरुङ, सहसचिव मीना गुरुङ, खेलाडी एरिका गुरुङ र नीतु गुरुङ तथा डा निरबहादुर गुरुङलगायतलाई सम्मान गरिएको थियो ।

महोत्सवका अवसरमा गुरुङ समुदायको भेषभूषा, संस्कार र सँस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको थियो । गुरुङ समुदायले प्रयोग गर्ने ऐतिहासिक मौलिक घर, कृषि कर्म गर्दा प्रयोग गरिने हलो, जुवा, कोदालो, हँसिया, ढाँकी, आफन्त भेट्न जाँदा पेरुङमा हालेर लैजाने कुखुराका भालेसहितका विभिन्न सामग्री समेत त्यस अवसरमा प्रदर्शनी गरियो ।

महोत्सवका अवसरमा तमू समुदायले चाडबाडमा प्रयोग गर्ने खानेकुराका स्वाद चाक्न खरिद–बिक्री कक्षको व्यवस्था गरिएको छ । कार्यक्रममा तमू समुदायको साँस्कृतिक पहिचान झल्कने कौरा, घाटु, मारुनी, झयाउरे तथा चुट्का नृत्यसहित गीत संगीत प्रस्तुत गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।