विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ,१७ पुस : आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय स्थापना भएको हो । नवस्थापित कार्यालयको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले शुभारम्भ गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सम्बद्ध सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका १२ राजनीतिक दलका प्रतिनिधिहरुसँग चाँडै छलफल कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

कोशी प्रदेशमा दुई स्थानका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख÷उपप्रमुख २७४ सहित तीन सय ६७ जनाले मतदान गर्ने छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।