जनउत्थान वहुउद्देश्यिय सहकारी संस्था धनकुटाको १६ औं वार्षिक साधारणसभा सम्पन्न
धनकुटा । जनउत्थान वहुउद्देश्यिय सहकारी संस्था धनकुटाको १६ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष उर्गेन शाक्यको अध्यक्षता तथा जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा ३४ लाख २४ हजार ५ सय १३ रुपयाँ बराबरको आव २०७९/८० को आम्दानी विवरण पस्तुत गरिएको छ ।
त्यस्तै ३३ लाख ७७ हजार ५ सय २१ रुपयाँ बराबरको खर्च विवरण प्रस्तुत गरिएको छ । यो आर्थिक वर्षमा सहकारी संस्थाले ४४ हजार ६ सय ४२ रुपयाँ खुद नाफा कमाएको सभामा जानकारी गराईएको छ ।
सभामा जिल्ला सहकारी संघका अध्यक्ष सुवेदी सहित सहकारी संस्थाका पूर्व अध्यक्ष,विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनीधिहरुले शूभकामना मन्तव्य राखेका थिए ।


