कोशी प्रदेश सरकारले सुरू गर्यो १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार

विराटनगर । काेशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार सुरू गरेकाे छ । मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले यस प्रदेशस्थित प्रदेश अस्पताल र चार वटा निजी अस्पतालसँग आइतबार सम्झाैता गरेर बालबालिकाकाे निःशुल्क उपचार सुरू गरेकाे हाे ।

मन्त्रालयले हाम्राे अस्पताल, विराट शिक्षण अस्पताल, नाेबेल शिक्षण अस्पताल,काठमाडाैं इन्टिच्यूट अफ चाइल्ड हेल्थ दमकसँग दुई पक्षीय सम्झाैता गरी निःशल्क उपचार सुरू गरेकाे छ । दुई पक्षीय सम्झाैता पत्रमा मुख्यमन्त्री कार्कीकाे विशेष उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकाेटा, काठमाडाैं इन्टिच्यूट अफ चाइल्ड हेल्थ दमकका डा.भगवान काेइराला, नाेबेल अस्पतालका निर्लेशक डा. राजेश नेपाललगायतले हस्ताक्षर गरेका थिए ।

मुख्यमन्त्री कार्कीले बच्चा अस्पतालमा भर्ना गरेर अभिभावकले ऋण खाेज्न जाने दिनकाे आजबाट काेशी प्रदेशमा अन्त्य भएकाे बताएका छन् । ´बालबालिका बिरामी भएपछि अस्पतालमा भर्ना गरेर ऋण खाेज्न जाने, उपचार शुल्कमा छुट गराउनका लागि नेताकाे घर धाउने र उपचार खर्च तिर्न नसकेर मसान घाट लग्न फेरी नेताकाे घर धाउने र उपचारमा सबै सम्पति सकेपछि अन्त्यमा कात्राे किन्ने पैसा माग्नु पर्ने दिनकाे आजबाट काेशी प्रदेशमा अन्त्य भएकाे छ,` उनले भने, ´अस्पताल प्रमुखहरूलाई सबै बालबालिकालाई आफ्नै छाेराछाेरी सम्झेर उपचार गरेर कुनैपनि बालबालिकाकाे उपचार अभावमा ज्यान जान नदिन आग्रह छ ।`

मुख्यमन्त्री कार्कीले निजी अस्पताल पनि प्रदेश सरकार मातहतकाे नै भएकाले यसमा बच्चाकाे उपचारकाे लागि जुनसुकै उपकरण बिग्रिएकाे अवस्थामा प्रदेश सरकारले सहयाेग गर्ने प्रतिबद्धता जनाएका छन् । काेशी प्रदेशमा ५ वर्षमुनिका एक हजार बालबालिकामध्ये ३४ जनाकाे मृत्यु हुने गरेकाे बाल मृत्यु दर काेशी प्रदेशमा रहेकाे मन्त्रालयले जनाएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।