भोजपुर अस्पतालको नर्सिङ आवास भवन निर्माण

भोजपुर, २० माघ : जिल्ला अस्पतालको नर्सिङ आवास भवन निर्माण सम्पन्न भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याटबाहेक रु दुई करोड ८५ लाख ८४ हजार सात सय २२ लागतमा निर्माण सम्पन्न भएको हो ।

आठ परिवार बस्नेगरी निर्माण भएको आवास भवन सघन सहरी तथा भवन निर्माण आयोजनाले जिल्ला अस्पताललाई शुक्रबार हस्तान्तरण गरेको छ । भवन ब्राइट वुल÷युडी जेभीले निर्माण सम्पन्न गरेको हो । भवन निर्माणको काम २०७८ भदौदेखि सुरु गरिएको थियो ।

एक वर्ष छ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि कोभिडलगायत विभिन्न कारणले नौ महिना म्याद थप गरिएको आयोजनाले जनाएको छ । तोकिएको मापदण्डानुसार गुणस्तरीय तवरबाट भवन निर्माण गरेको युडि विल्डर्स निर्माण कम्पनीका प्रमुख उत्तम खड्काले बताउनुभयो । तोकिएको समयअघि नै सक्ने लक्ष्यका साथ काम गरेको भए पनि कोभिडका कारण नौ महिना म्याद थप्नुपरेको उहाँको भनाइ छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका कामु आयोजना प्रमुख सुमनकुमार मिश्रले जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल थुलुङलाई भवन हस्तान्तरण गर्नुभएको हो । नर्सिङ आवास भवन निर्माणले सेवा प्रवाहमा सहजता भएको जिल्ला अस्पतालका प्रमुख डा शिवजी रिजालले बताउनुभयो । आवास भवन नहँुदा समस्या रहेको अवस्थामा भवन निर्माणले हौसला थपेको उहाँको भनाइ छ ।

“नर्सिङ आवास नहँुदा सेवा प्रवाहमा धेरै कठिनाइ थियो”, प्रमुख रिजालले भन्नुभयो, “आवास नहुँदा बाहिर बस्नुपर्ने भएकाले रातको समयमा धेरै समस्या थियो, अब भने बिरामीलाई सेवा प्रवाह गर्न थप सहजता भएको छ ।” भवन निर्माणले अस्पतालको सेवा प्रवाहमा सहजता थपेको जनाउँदै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भावी दिनमा यसको व्यवस्थापनका लागि अस्पताल प्रशासनले ध्यान दिनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष थुलुङले अस्पतालले दिने सेवालाई अझ सहज र प्रभावकारी बनाउने गरी काम गरिरहेको बताउनुभयो । भवन निर्माण सेवा प्रवाहमा थप सहजता भएको उहाँको भनाइ छ ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।