भोजपुरमा दुई स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

टक्सार (भोजपुर), २० माघ : भोजपुर नगरपालिकाभित्र रहेका दुई स्वास्थ्य संस्थालाई स्वास्थ्यका विभिन्न सामग्री सहयोग गरिएको छ । स्वास्थ्य संस्थामा स्वास्थ्यका सामग्रीको अभाव हुन नदिन नेपाली कांग्रेस भोजपुरका पार्टी सचिव चक्रबहादुर कार्कीको पहलमा ल्याइएका ती सामग्री जिल्लाका स्वास्थ्य संस्थामा हस्तान्तरण गर्न थालिएको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई विभिन्न दातृ निकायबाट प्राप्त स्वास्थ्य सामग्री तथा उपकरण भोजपुर ल्याई हस्तान्तरण सुरु गरिएको पहलकर्ता कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो पटक पनि रु ४० लाख बराबरका विभिन्न स्वास्थ्य सामग्री ल्याएर नगरपालिकाभित्रका स्वास्थ्य संस्थालाई वितरण गरिएको छ, अहिले पनि बाँकी स्वास्थ्य संस्थामा वितरण हुन्छ ।”

कार्कीले वडा नं ५ बोखिममा रहेको स्वास्थ्यचौकी र वडा नं ९ हात्तीगौडाको आधारभूत स्वास्थ्यचौकीलाई ती सामग्री हस्तान्तरण गरिसक्नुभएको छ । दुई स्वास्थ्य संस्थालाई सिटामोल पाँच हजार थान, पल्स अक्सोमिटर पाँच थान, ५० सेट गाउन, मास्क एक हजार थान, फेरस सलफेट पाँच हजार एक सय थानलगायत सामग्री सहयोग गरिएको हो ।

व्यक्तिको पहलमा आएको स्वास्थ्य सामग्रीले नागरिकको स्वास्थ्य सेवामा राहत मिल्ने वडा नं ५ बोखिमका वडाध्यक्ष फविन्द्र प्रधानले बताउनुभयो । वडाध्यक्ष प्रधानले भन्नुभयो, “व्यक्तिको पहलमा काठमाडौँदेखि आएको स्वास्थ्य सामग्रीले गाउँका नागरिकलाई सेवामा पहुँच बढाउँछ ।” अगाडि वितरण गरेर फेरि दोस्रो पटक पनि सम्बन्धित निकायमा पुगेर सामग्री ल्याउने कार्य सराहनीय छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।