दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण

बेनी (म्याग्दी) २२ माघ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा रु एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो ।

भवनमा दुई आवासीय कोठासहित नौ कोठा, सार्वजनिक शौचालयलगायतका संरचना निर्माण गरिएको निर्माण व्यवसायी भूपेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, भवनको घेराबारसहित सोलारसमेत जडान गरिएको छ । उक्त भवनलाई भूकम्पप्रतिरोधी र अपाङ्गमैत्री बनाइएको छ ।

बागलुङको बन्धन भगवती देभ एण्ड सायर तिलक जेबीले विसं २०७८ असारमा सो भवन निर्माणको ठेक्का लिएको थियो । अठार महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भए पनि समयमै जग्गा व्यवस्थापन नहुँदा थप गरिएको आठ महिनाभित्रमा निर्माण कार्य सकेर भवन हस्तान्तरण गरिएको भवन निर्माण आयोजना कार्यालयका प्रमुख सुनिता श्रेष्ठले बताउनुभयो ।

यसैबीच नवनिर्मित स्वास्थ्यचौकी भवनको आइतवार सांसद खमबहादुर गर्बुजाले शुभारम्भ गर्नुभएको छ । उहाँले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन भवनलगायतका पूर्वाधारले सघाउने विश्वास व्यक्त गर्दै दक्ष जनशक्ति र आधुनिक मेसिन उपकरणको व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

नवनिर्मित भवनबाट सेवा सञ्चालन गरेपछि सेवाग्राहीलाई समेत सहज भएको छ । पहिले साँघुरो कोठा भएको कच्ची भवनबाट सेवा दिँदै आएकोमा सुविधा सम्पन्न भवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाहमा सहज हुने स्वास्थ्यचौकीका इञ्चार्ज सुकमति गर्बुजाले बताउनुभयो । भवन निर्माणका लागि दग्नाम घर भई हाल बेनी निवासी टेकबहादुर थजालीले रु आठ लाख मूल्य बराबरको पाँच रोपनी जग्गा आधा मूल्य रु चार लाखमा उपलब्ध गराउनुभएको थियो । जग्गा खरिदको लागि आवश्यक पर्ने रकम सहयोगदातामार्फत जुटाइएको थियो । –रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।