भगवानले लिए नेपालको पहिलो विकेट

२५ माघ, काठमाडौं । नेपालले पहिलो ओडीआई खेलमा क्यानडाविरुद्ध ओपनर आसिफ शेखलाई ८ रनमा गुमाएको छ ।

चोभार एन्डबाट आएका युवा तीव्र गतिका बलर उदय भगवानको बल थर्डम्यानमा खेल्ने धुनमा आशिफ शेख धलिवालबाट सहजै क्याच आउट भएका हुन् ।

नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९ ओभरमा ४८ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको १० ओभरमा १ विकेट गुमाउँदै ५३ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल ३२ बलमा ६ चौका र १ छक्कासहित ३६ रनमा क्रिजमा छन् ।

रोहित पौडेल ५ रनमा क्रिजमा छन् । नेपालले आजको खेलमा रिजन ढकाल र सूर्य तामाङलाई डेब्यू दिएको छ । बेन्चमा अनिल शाह, आकाश चन्द, हेमन्त धामी र देव खनाल छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।