कुशल भुर्तेलको अर्धशतक

काठमाडौँ । क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनी ५१ रन बनाउँदै क्रिजमा छन् ।

कुशलले ४४ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका छन् । उनीसँगै कप्तान रोहित पौडेल आठ रन बनाउँदै क्रिजमा छन् । कुशलले अर्धशतक पुरा गर्दा नेपालले १३.४ ओभरमा एक विकेट गुमाएर ७१ रन बनाएको छ ।

नेपालले पहिलो विकेटका रूपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । उनी आठ रन बनाउँदै आउट भएका थिए । ९.१ ओभरमा उनी आउट हुँदा नेपालले ४८ रन बनाएको थियो । विकेटकिपर ब्याट्सम्यान आशिफलाई क्यानडाका बलर उदय भगवानले नवनित धालिवलद्वारा क्याच गराएका थिए ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । क्यानडा र नेपालबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला हुनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।