तीन विकेटको क्षतिमा नेपालको १०० रन पूरा

काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कप्तान रोहितकुमार पौडेललाई दोस्रो विकेटका रूपमा गुमाएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले कप्तान रोहितलाई १४.३ ओभरमा गुमाएको हो । रोहितले नेपाली टिमको खातामा आठ रन थपे ।

जारी खेलको १५ ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर ७३ रन बनाएको छ ।नेपालबाट हाल क्रिजमा रहेका कुशल भुर्तेल ५१ र भीम सार्की दुई रन बनाएर खेलिरहेका छन् । त्यसअघि, नेपालले आसिफ शेखलाई व्यक्तिगत आठ रनमा गुमाएको थियो ।

यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । आजको खेलपछि नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।