त्रिवि क्रिकेट मैदानमा सन्दीप लामिछानेको पक्षमा नारा,दुईजनालाई नियन्त्रणमा..

काठमाडौं / काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र क्यानडाबीच एकदिवसीय शृंखलाको खेल भइरहँदा बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लागेको छ ।

समर्थकले सन्दीपको पक्षमा ब्यानरसहित नाराबाजी गरेका हुन् । उनीहरुले सन्दीप चाहियो भन्दै नारा लगाएपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । ४०औँ ओभरमा खेल चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नाराबाजी गर्दा केहीबेर खेल नै प्रभावित भयो ।

नाराबाजी रोक्ने प्रयास असफल भएपछि प्रहरीले सन्दीपको पक्षमा नारा लगाउने दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई मैदानबाट निकालेको छ ।

नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । सोही क्रममा दर्शकले ‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै नाराबाजी गरेका हुन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।