रिजनले लिए ‘डेब्यु’ खेलमै विकेट

काठमाडौं । क्यानडाविरुद्धको खेलबाट नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका रिजन ढकालले पहिलो खेलमै विकेट लिएका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याइरहेको क्यानडाका नवनित धनिवाललाई रिजनले पभेलियनको दिशा देखाएका हुन् । रिजनले ‘डेब्यु’ खेलको पहिलो ओभरमा नै विकेट लिएका हुन् । उनले २.५ ओभरमा धनिवाललाई आरिफ सेखबाट क्याच गराए ।

जारी खेलको चार ओभर समाप्त हुँदा क्यानडाले एक विकेट गुमाएर २५ रन बनाएको छ । त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रनको योगफल खडा गरेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।