कप्तान पौडेलले लिए तेस्रो विकेट

२५ माघ, काठमाडौं । क्यानडाविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेट लिएका छन् ।पौडेलले पर्गात सिंहलाई ललितनारायण राजवंशीबाट क्याच आउट गराए । सिंहले अर्धशतक बनाएका थिए ।

यो विकेटसँगै क्यानडाको ठूलो साझेदारी समेत तोडिएको छ । निकोलस किर्तनसँग सिंहले ७८ रनको साझेदारी गरे ।

२२४ रनको लक्ष्य पछ्याएको क्यानडाले २१ ओभर सकिदा ३ विकेटको क्षतिमा १२३ रन बनाएको छ ।

यसअघि सोमपाल कामीले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट गरेका थिए ।

त्यसअघि रिजन ढकालले आफ्नो करिअरको पाँचौं बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिए । उनले नवनित दलिवाललाई व्यक्तिगत ६ रनमा आउट गरे ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।