जब रोनाल्डोको अगाडि ‘अन्डरटेकर’ ले फुटबलको ट्रफी उचाले !

काठमाडौँ । रियाद सिजन कप फुटबल प्रतियोगिताको फाइनलमा निम्त्याइएको विशेष अतिथिलाई देखेर समकालीन विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डो पनि दंग परेका छन् । रियाद सिजन कपको फाइनलमा पोर्चुगिज स्टार रोनाल्डो र ब्राजिलियन स्टार नेमारको टोली आमने–सामने थिए ।

साउदी अरेबियाको रियादमा फाइनल खेल सुरु हुनुअघि दुबै टोलीका खेलाडी मैदानमा लामबद्ध थिए । सोही अवसरमा विशेष अतिथिले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम राखिएको थियो । रंगशालामा उपस्थिति धेरै समर्थक विशेष अतिथिको विषयमा अनभिज्ञ थिए ।

एकाएक फुटबल मैदानमा विशेष अतिथिका रुपमा प्रकट भए, डब्लूडब्लूई सुपर स्टार ‘अन्डरटेकर’ । उनी विस्तारै आफ्नै शैलीमा ढल्कँदै ट्रफी राखिएको स्थानसम्म पुगे । त्यसपछि उनले मैदानमा उपस्थित दर्शकका लागि ट्रफी सार्वजनिक गरे ।

ट्रफी सार्वजनिक गर्न विशेष कार्यक्रम आयोजना गरिएको थियो । ५८ वर्षीय मार्क विलियम कालावे अर्थात अन्डर टेकरले ट्रफी उचालेर रंगशालामा उपस्थित दर्शकलाई पनि देखाए । अन्डरटेकरलाई देखेर रोनाल्डो पनि छक्क परेका थिए । उनी खुसी पनि देखिएका थिए ।

अन्डरटेकरले ट्रफी उचालेपछि रोनाल्डोले हाँसेर आफ्ना साथीसँग कानेखुसी पनि गरेका छन् । उक्त खेलमा रोनाल्डोको टोली पराजित भएको थियो । नेमारको क्लब अल हिलालले रोनाल्डोको क्लब अल नासरलाई २–० गोलले हराएको थियो ।

लामो समयदेखि घाइते अवस्थामा रहेका रोनाल्डो पनि उक्त खेलमा मैदानमा ओर्लिएका थिए । केही दिनअघि मात्र ३९औँ वर्षमा प्रवेश गरेका रोनाल्डोले घाइते भएकै कारण अर्का महान खेलाडी लियोनल मेस्सीको क्लब इन्टर मियामीविरुद्धको मैत्रीपूर्ण खेल पनि गुमाएका थिए । साउदी अरेबियन ब्यवसायीक फुटबलमा अल नासर र अल हिलाललाई चिरप्रतिद्वन्द्वीका रुपमा हेरिन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।