सिंहकाली वहुउद्देश्यीय कृषक समूहको २० औं वार्षिक साधारण सभा पाख्रीवासमा सम्पन्न
धनकुटा । सिंहकाली वहुउद्देश्यीय कृषक समूह पाख्रीवास धनकुटाकाे २० आै वार्षिक साधारण सभा पाख्रीवासमा सम्पन्न भएकाे छ । समूहका अध्यक्ष टाेम गुरुङकाे अध्यक्षता तथा काेशी प्रदेश सभा सांसद विनाेद वान्तावा राईकाे प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएकाे हाे ।
सभामा बाेल्दै प्रदेश सांसद राईले आगामी दिनमा याे कृषक समूहलाई सहयाेग गर्ने बताउनु भएकाे छ । उहाँले कृषकहरु सँग सम्बन्धित समूहलाई आउदाे दिनमा बजेटकाे व्यबस्था गर्न पहल गर्ने बताउनु भयाे ।
सभामा पाख्रीवास नगरपालिका वडा नं ४ का वडाध्यक्ष सन्ताेष मानन्धर,५ नं वडा सदस्य युवराज कार्की,नगरका पशु शाखा अधिकृत गाेरख बहादुर तामाङ,संसारी दुग्ध विकास संस्थाका अध्यक्ष वेद वहादुर बस्नेत,समूहका संस्थापक अध्यक्ष तेज बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । सञ्चालन समूहका सचिव पुष्प कार्कीले गर्नु भएकाे थियाे भने स्वागत मन्तव्य सदस्य बाबुराम थापाले राख्नु भएकाे थियाे ।
२०६१ सालमा स्थानिय कृषकहरु मिली प्रति व्यक्ती मासिक १० रुपयाँ संकलन गर्दै स्थापना गरिएकाे याे समूहमा पाख्रीवास ४ र ५ का किसानहरु सम्बद्व छन् । हाल उनिहरुले प्रति व्यक्ती मासिक ५० रुपयाँ संकलन गर्ने गर्दछन् । यसरी संकलित रकम कृषि, सडक, विजुली वत्ती मर्मत सम्हारका लागि लगानी गर्ने गरिएकाे समूहले जनाएकाे छ ।


