धनकुटाको हिलेमा जिवन बिकासको स्वास्थ्य शिविर
धनकुटा । जिवन बिकास लघुबित्त बित्तिय बित्तिय संस्था लिमिटेडले धनकुटाको हिलेमा औषधि सहितको स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
संस्थाले स्त्री तथा प्रसुति, फिजिसियन सर्जरी लगायतको सेवा सहित धनकुटाको हिले स्थित हिले माध्यमिक बिद्यालयमा शिविरको आयोजना गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत शिविरको आयोजना गरिएको हो ।
शिविरमा परामर्स, ब्लड पेसर तथा सुगर जाच, ल्याबको सेवा दिइएको तथा आबश्यक औसधि समेत बितरण गरिएको जिवन बिकास लघुबित्त बित्तिय बित्तिय संस्था लिमिटेड हिलेका शाखा प्रमुख कन्हैया लाल राजबंशीले जानकारी दिनु भयो ।
शिविरमा बिभिन्न रोगका २५० बढि बिरामीले सेवा लिएका छन । आबश्यक्ता अनुसार औषधि समेत बितरण गरिएको संस्थाका कर्मचारी अजय कुमार शाहले जानकारी दिनुभयो ।
त्यस्तै थप उपचार गर्नु पर्ने अबस्थाका पायल्सका ११ बिरामीलाई ५० प्रतिशत संस्थालेनै उपचार खर्च दिने गरि थप उपचारको लागि सिफारिस समेत गरिएको छ ।


