हिमपातका कारण १५ जनाको ज्यान गयो

एजेन्सी । अफगानिस्तानका विभिन्न प्रान्तमा बितेको तीन दिनयता परेको हिमपातका कारण १५ जनाको ज्यान गएको छ । हिमपातका कारण ३० जना घाइते भएका एएनआईले जनाएको छ । भर्खरैको हिमपातका कारण झन्डै १० हजार पुशचौपाया मरेका खबरमा उल्लेख छ ।

हिमपातका कारण धेरै सडकहरू बन्द भएका र पशुचौपाया भोकभोकै रहेकाले स्थानीयवासीले तत्काल सरकारी सहयोगका लागि आग्रह गरेका छन् । यसैबीच अफगानिस्तानले प्राकृतिक विपत्तिका कारण विशेषगरी पशुधनीहरूलाई भएको क्षतिलाई सम्बोधन गर्न विभिन्न मन्त्रालयहरू सम्मिलित एक समिति गठन गर्ने घोषणा गरेको छ ।

कृषि, सिँचाइ तथा पशुपक्षी मन्त्रालयका लागि तालिबान प्रशासनका प्रवक्ता मिसबाहुद्दीन मुस्तैनले सबै प्रान्तमा गठन भएका समितिहरूले उद्धारका द्रूत प्रतिक्रियाबारे छलफल गरिरहेको बताउनुभयो ।

बन्द सडक खुलाउन, प्रभावित समुदायलाई खाद्यान्न वितरण गर्न र बाक्लो हिमपातका कारण अलपत्र परेकाहरूलाई उद्धार गर्न यी समितिहरू लागिपरेका खबरमा उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।