शिक्षकले गरे विद्यार्थीमाथि एसिड प्रहार

एजेन्सी ।पाकिस्तानको कराँची सहरमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि एसिड प्रहार गरेका छन्। सो घटनामा विद्यार्थी गम्भीर जलेका छन् र उनलाई अस्पताल भर्ना गरिएको छ। आरोपित शिक्षक भने पक्राउ परेका छन्।

प्रहरीका अनुसार कक्षामा केही विषयलाई लिएर शिक्षक र छात्राबीच झगडा भएको थियो। यसबाट शिक्षक निकै रिसाए र बदला लिने नियतले एसिड प्रहार गरे। घटनामा विद्यार्थीका दुई आफन्त पनि जलेका छन्।

जियो न्युजका अनुसार घटना शनिबार भएको र आइतबार प्रहरीले यसबारे जानकारी गराएको थियो। कराँचीको पोश क्षेत्र निपा चौरङ्गीमा एउटा विद्यालय छ, अलिशा नामकी ती विद्यार्थी त्यहाँ पढ्छिन्। शनिबार कक्षामा शिक्षक इफ्तिखारसँग उनको झगडा भएको थियो।

स्कुल सकिएपछि अलिशाका दुई मामा उनलाई लिन स्कुल आए। इफ्तिखार विद्यालयबाहिर एक ठाउँमा एसिड प्रहार गरी उभिएका थिए। उनले पहिले अलिशासँग झगडा गरेपछि उनीमाथि एसिड हाने। अलिशाका मामाले उनलाई रोक्न खोजे तर उनीहरू शिक्षकले हानेको एसिडबाट जल्न पुगे।

घटना लगत्तै आरोपी इफ्तिखार पक्राउ परेका थिए। अलीशा हाल कराँचीको एक अस्पतालमा भर्ना छिन्। उनका काका नोमान र फैजान डिस्चार्ज भएका छन्।

अलिशाका मामा नोमानले शिक्षक इफ्तिखार विरुद्ध उजुरी दिएका छन्। यसमा भनिएको छ, ‘मेरी भान्जी अलिशा उनको आईटी प्रमाणपत्र लिन स्कूल गइन्। यहाँ उनले कक्षामा गएर शिक्षक इफ्तिखारसँग यसबारे सोधिन् । केही समयपछि अर्का शिक्षक अरशद यहाँ आइपुगे। उनले अलिशासँग पनि दुर्व्यवहार गरेका थिए।’

यसपछि अलिशाले घर गएर मामालाई यसबारे जानकारी गराइन् । केही समयपछि उनी मामासँग विद्यालय पुगिन्। दुवैले इफ्तिखारलाई सोधपुछ गर्दा उनी रिसाए । फर्कने क्रममा उनले अलिशा र उनका दुई मामामाथि एसिड प्रहार गरेका थिए। जसका कारण उनी जलेका हुन।

गत महिना २२ जनवरीमा पनि २२ वर्षीया विद्यालय शिक्षिकामाथि एसिड प्रहार गरिएको थियो। यो घटना लाहोरको हो। उनीसँगै काम गर्ने एक शिक्षकले महिला शिक्षिकालाई विवाहको प्रस्ताव गरेका थिए तर महिला शिक्षिकाले त्यसलाई अस्वीकार गरिन्।

यसबाट आक्रोशित भएर उनले उक्त घटना गराएका थिए। उक्त घटनामा महिला शिक्षिका गम्भीर घाइते भएकी छन् भने उनी अहिले पनि लाहोरको एक निजी अस्पतालमा भर्ना छन्। अभियुक्त पक्राउ परेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖