महिला क्रिकेटको इतिहासमा सबैभन्दा तीव्र बलिङ गरेर नयाँ विश्व कीर्तिमान

काठमाडौं । दक्षिण अफ्रिकी फास्ट बलर शबनिम इस्माइलले महिला क्रिकेटमा इतिहास रचेकी छिन् । उनी बलिङ गर्दा १३० किलोमिटर प्रतिघण्टाको गति पार गर्ने पहिलो महिला बलर बनेकी छिन् । इस्माइलले मंगलबार दिल्लीमा यो ऐतिहासिक उपलब्धि हासिल गरेकी हुन् ।

इस्माइलले मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीचको वुमन्स प्रिमियर लिग २०२४ को खेलमा १३२.१ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालिन्, जुन प्रसारणमा स्पीड-गनले रेकर्ड गरेको थियो। इस्माइल डब्ल्यूपीएलमा मुम्बईको टोलीबाट खेल्दैछिन्।

खेलको तेस्रो ओभरमा शबनिमले गरेको दोस्रो बल अहिले महिला क्रिकेटको रेकर्ड बुकमा दर्ता भएको छ । इस्माइलले क्यापिटल्सकी कप्तान मेग ल्यानिलाई यो बल फ्याँकेकी थिइन् । ल्यानिङले यो बल नखेलेर छाडिदिइन् र उनको अगाडिको प्याडमा ठोक्कियो। त्यसपछि मुम्बईले एलबीडब्लुको लागि अपील गर्यो तर अम्पायरले दिएनन् ।

पुरुष क्रिकेटमा कुनै पनि फर्म्याटमा सबैभन्दा छिटो बल फाल्ने कीर्तिमान पाकिस्तान शोएब अख्तरको नाममा छ । अख्तरले २००३ को विश्वकपमा इंग्ल्यान्ड विरुद्ध दक्षिण अफ्रिकाको न्युल्यान्ड्समा भएको खेलमा १६१.३ किलोमिटर प्रतिघण्टाको गतिमा बल गरेका थिए । यो अहिलेसम्म पनि क्रिकेट इतिहासमा रेकर्ड गरिएको सबैभन्दा छिटो बल हो। उनले यो बल इङ्ल्यान्डका ब्याट्सम्यान निक नाइटलाई फालेका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।