आइपीएल आजबाट सुरु हुँदै, कप्तानी छाडेका धोनी र कोहली भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइएीएल) को १७ औं सिजन आजदेखि सुरु हुनेछ। पहिलो खेलमा चेन्नई सुपर किंग्स (सीएसके) र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) को टोली आमने सामने हुनेछन् । यो खेलमा चेन्नईको टोली आफ्नो नयाँ कप्तानको साथ मैदानमा उत्रनेछ ।

अब आईपीएलको पहिलो खेलबाट नयाँ युगको सुरुवात हुनेछ । चेन्नइ सुपर किंग्सको कमाण्ड अब महेन्द्र सिंह धोनीको सट्टा ऋतुराज गायकवाडको हातमा छ । उद्घाटन खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा बेलुका ८ बजेबाट सुरु हुनेछ ।

पाँच पटकको च्याम्पियन र पछिल्लो पटकको विजेता चेन्नईको टोली कीर्तिमानी छैटौं उपाधि जित्ने लक्ष्यमा छ । अर्कोतर्फ आरसीबी पहिलो पटक उपाधि कब्जा गर्न सक्दो प्रयास गर्नेछ। सीएसके र आरसीबी टोली आइपीएलमा अहिलेसम्म ३१ पटक आमने सामने भइसकेका छन्। यस अवधिमा चेन्नईले २० खेल जितेको छ भने बैंग्लोरले १० खेल जितेको छ । एक खेल अनिर्णित रह्यो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖