अमेरिकाले युक्रेन, इजरायल र ताइवानलाई दिने सहायता प्याकेज सिनेटबाट पनि पारित

काठमाडौँ । अमेरिकी सिनेटले युक्रेन, इजरायल र ताइवानलाई ९५ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको छ । राष्ट्रपति जो बिडेनले बुधबार यो प्रस्तावमा हस्ताक्षर गर्ने बताइएको छ ।

यस प्याकेजमा युक्रेनका लागि ६१ अर्ब डलर छुट्याइएको छ । पेन्टागनले युद्धग्रस्त युक्रेनले केही दिनभित्रै यो सहयोग प्राप्त गर्न थाल्ने जनाएको छ ।  सिनेटमा यो प्याकेजको पक्षमा ७९ र विपक्षमा १८ मत परेको थियो ।

बाइडेनले प्याकेजको प्रशंसा गर्दै भने, ‘यो प्रस्ताव महत्त्वपूर्ण छ र यसले हाम्रो देश र विश्वलाई पहिले भन्दा पहिले भन्दा सुरक्षित बनाउनेछ किनकि हामीले हमास जस्ता आतंककारी र पुटिन (रूसी राष्ट्रपति भ्लादिमिर पुटिन) जस्ता तानाशाहहरूसँग लड्ने हाम्रा साथीहरूलाई मद्दत गर्छौं । हामी बचाउन लडिरहेका छौं।’

यस प्याकेजमा, इजरायललाई २६.४ बिलियन डलर सैन्य सहायता दिइएको छ, जसमा गाजामा मानवीय सहायताका लागि ९.१  बिलियन डलर छुट्याएको छ । त्यस्तै ताइवानलाई ८.१ बिलियन डलर दिने भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।