स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार

काठमाडौँ । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली हानिएको छ । गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ ।

घटनास्थलमा उपस्थित पत्रकारहरुका अनुसार धेरै पटक गोली चलेको आवाज सुनिएको थियो । प्रहरीले गोली चलाउने अभियुक्तलाई पनि नियन्त्रणमा लिएको छ । गोली राजधानीभन्दा करिब  २ घण्टाको ड्राइभ टाढा ह्याण्डलोभा भन्ने ठाउमा भएको सीएनएनले उल्लेख गरेको छ । ह्यान्डलोभामा सरकारी बैठक सकेर बाहिरिदै गर्दा गोली चलाइएको बताइएको छ ।

स्लोभाकियाकी राष्ट्रपति जुजाना सापुटोभाले यो क्रूर आक्रमणबाट आफू स्तब्ध भएको बताएकी छन् । उनको पछिल्लो अवस्था बारे जानकारी आउन भने बाँकी रहेको छ । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।