सहकारी अभियानलाई गलत भन्ने भाष्य निर्माण हुन थालेको गुनासो
धनकुटा,१६ असार। धनकुटाका सहकारी अभियान्ताहरुले पछिल्लो समय केहि सहकारीमा आएको समस्यालाई लिएर सहकारी अभियानलाई गलत भन्ने भाष्य निर्माण हुन थालेको भन्दै गुनासो गरेका छन् ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश विराटनगरले धनकुटामा आइतबार गरेको कार्यक्रममा उनिहरुले केहि सहकारीमा आएको समस्या लाई लिएर सहकारी अभियान लाई गलत भन्ने भाष्य निर्माण हुन थालेको भन्दै त्यस बारे सहकारीमा आबद्ध सबै सचेत हुनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ लिमिटेड धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीले कोभिड १९ पछि सबै भन्दा बढी आर्थिक समस्या सहकारी क्षेत्रमा देखिएको र त्यस लगतै केहि सहकारीमा देखिएको समस्या लाई लिएर सहकारी अभियान लाई गलत भन्ने भाष्य निर्माण हुन थालेको भन्दै त्यस बारे सहकारीमा आबद्ध सबै सचेत हुनु पर्ने बताए । त्यस्तै सहकारी अभियान्ता खेमनाथ घिमिरेले सहकारीको ऋण तिर्नु पर्दैन भन्ने अफहवा फैलाएका कारण ऋण नउठ्दाँ सहकारी लाई बचत कर्ताको बचत फिर्ता गर्न समस्या रहेको बताए ।
त्यस्तै धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवम् सहकारी रजिष्टार दशरथ राईले बचत फिर्ता नगर्ने सहकारी र ऋण नतिर्ने ऋणी लाई नै नगरपालिकाले बचत फिर्ता गर्न र ऋण समेत तिर्नका लागी नगरपालिकाको तर्फ बाट प्रयास भई रहेको बताए । त्यस्तै उद्योग,कषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश विराटनगरका सहकारी अनुगमन शाखा प्रमुख लिला बल्लभ चापागाईले सहकारी क्षेत्रको स्थानिय तह देखि राष्ट्रिय हुँदै अन्तराष्ट्रिय स्तर सम्म आफ्नै संरचना रहेको र अब सहकारी बारे स्पस्ट निती निर्माण नभए सहकारी क्षेत्र अस्तव्यस्त हुने बताए ।
त्यस्तै जिल्ल्ला समन्वय समिती धनकुटाका प्रमुख निरेन तामाङ्गले सहकारी स्थापना को लामो समय सम्म पनि सहकारी क्षेत्र लाई जोखिम मुतm गर्ने निती निर्माण नहुनु आफैमा दुखद् रहेको बताए ।


