धनकुटा नगरपालिकाले माग्यो सहकारीको समयमा ऋण नतिर्ने ऋणी सदस्यको तीन पुस्ते विवरण
धनकुटा,२५ असार । धनकुटा नगरपालिकाले धनकुटा नगरपालिका भित्र संचालनमा रहेका सहकारीको समयमा ऋण नतिर्ने ऋणी सदस्यको तीन पुस्ते विवरण सहकारी संस्था संग माग गरेका छ ।
सहकारी संस्थाका ऋणी सदस्यहरुले सहकारी संस्था लाई सर्त अनुसार बुझाउनु पर्ने रकम नबुझाएको कारण संस्थामा समस्या भएको भन्दै गुनासो आउन थाले पछि सहकारीको समयमा ऋण नतिर्ने ऋणी सदस्यको तीन पुस्ते विवरण सहकारी संस्था संग माग गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईद्धरा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।
नगरपालिकाले ऋण तिर्न अटेर गर्ने ऋणी सदस्य लाई पालिकालको सहकारी ऐन वमोजिम कारबाही अघि बढाउन त्यस्ता ऋणी सदस्यको तीनपूस्ते विवरण संस्थाको संचालक समितीबाट निर्णय गरी असार मसान्त सम्ममा पठाइ सक्नु पर्ने नगरपालिकाको भनाई छ ।



