भारतका पुर्व बिदेश मन्त्री सिंहको निधन

नयाँदिल्ली, २७ साउन ।  लामो समयदेखि बिरामी रहेका भारतका पूर्व बिदेश मन्त्री के. नटवर सिंहको शनिबार राति निधन भएको छ । उनी ९३ वर्षको थिए । 

उनले गुरुग्रामको मेदान्त अस्पतालमा अन्तिम सास लिए, जहाँ उनी पछिल्लो केही हप्तादेखि भर्ना थिए । पारिवारिक स्रोतका अनुसार उनका छोरा अस्पतालमा छन् र उनको परिवारका अन्य सदस्यहरू अन्तिम संस्कारका लागि आइतबार दिल्ली आउँदैछन्।

 

नटवर सिंहले २००४–०५ मा युपीए आई सरकारमा भारतको विदेश मामिला मन्त्रीको रूपमा सेवा गरेका थिए । सो अवधिमा प्रधानमन्त्रीको रुपमा मनमोहन सिंह थिए। उनले पाकिस्तानका लागि राजदूतको रूपमा पनि काम गरेका थिए भने सन् १९६६ देखि १९७१ सम्म तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको कार्यालयमा रहेका थिए । 

 

नटवर सिंहको जन्म १६ मे १९३१ मा राजस्थानको भरतपुर जिल्लामा भएको थियो । उनको पूरा नाम कुँवर नटवर सिंह थियो र उनी शाही परिवारका थिए। उनले मेयो कलेज, अजमेर र क्याम्ब्रिज विश्वविद्यालयबाट शिक्षा हासिल गरेका थिए ।  त्यसपछि उनी भारतीय विदेश सेवामा सामेल भए र १९५३ मा आफ्नो सेवा सुरु गरेका थिए । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।