पाकिस्तानी गुप्तचर प्रमुख पक्राउ

इस्लामबाद, २९ साउन । पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका पूर्व प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमीद पक्राउ परेका छन । 

 

पाकिस्तानी सेनाले आवास घोटाला प्रकरणमा उनलाई अगस्ट १२ मा पक्राउ गरेको जानकारी दिएको छ । पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि फैजविरुद्ध यो कारबाही गरिएको सेनाले जनाएको छ ।

 

पाकिस्तानी समाचार संस्थाका अनुसार सेनाले उनी माथी कोर्ट मार्सल सुरु गरेको छ । फैजलाई पूर्व प्रधानमन्त्री इमरान खानको नजिकका मानिदैँ आएको छ । पाकिस्तानको इतिहासमा आईएसआईका पूर्व प्रमुखलाई कुनै मुद्दामा पक्राउ गरिएको यो पहिलो पटक हो।

 

गत वर्ष नोभेम्बर १४ मा पाकिस्तानी सर्वोच्च अदालतले आफ्नो आदेशमा फैज हमीद विरुद्धको आरोपलाई नजरअन्दाज गर्न नसकिने बताएको थियो। यो आरोप निकै गम्भीर छ । अदालतले यदि फैज दोषी प्रमाणित भएमा यसले देशका संस्थाहरूको प्रतिष्ठालाई हानि पुग्ने बताएको थियो।

फैज हमीद पाकिस्तानी सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट जनरल हुन्। उनले सन् २०१९ देखि २०२१ सम्म पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईको महानिर्देशकको रूपमा पनि काम गरेका थिए ।

फैजको जन्म पाकिस्तानको चकवालको लतीफल गाउँमा भएको थियो। हमिद सन् १९८७ मा पाकिस्तान मिलिटरी एकेडेमीमा भर्ना भएका थिए । उनले क्योटोको कमाण्ड र स्टाफ कलेजबाट स्नातक गरे। त्यसपछि उनी पाकिस्तानी सेनाको बलोच रेजिमेन्टमा कमीशन भएका थिए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।