शेख हसिना भारतमा चुपचाप बस्नुपर्छ : मोहमद युनुस

ढाका । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसले भारतमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाका धेरै राजनीतिक टिप्पणीहरूले उनको ‘अमित्रतापूर्ण मनोवृत्ति’ तर्फ संकेत गरेको बताएका छन् ।

भारतीय समाचार एजेन्सी पीटीआईलाई दिएको अन्तर्वार्तामा युनुसले भने, ‘दुई देशबीचको असहजताबाट बच्न बंगलादेशले भारतलाई पठाउन अनुरोध नगरुन्जेल शेख हसिना चुपचाप बस्नु पर्छ ।’

युनुसले ढाकास्थित आफ्नो सरकारी निवासमा पीटीआईलाई यो अन्तर्वार्ता दिएका हुन् । 

शेख हसिनाको सरकारको पतनपछि मोहम्मद युनुसले देशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारको जिम्मेवारी सम्हालिरहेका छन् । 
उनले भने, ‘बंगलादेशले भारतसँग बलियो सम्बन्धलाई महत्व दिन्छ । तर भारतले अवामी लिग बाहेक सबै राजनीतिक दलहरूलाई इस्लामवादी र शेख हसिना बिनाको देश अफगानिस्तान बन्छ भनेर लेबल लगाउने प्रवृत्तिबाट बाहिर आउन आवश्यक छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖