बक्यौता नतिरेको भन्दै भारतले बंगलादेशको बिद्युत लाइन काटदैँ

नयाँदिल्ली । भारतको धनढाय समुह अदानी पावरले बंगलादेशलाई विद्युत महसुल तिर्न चार दिनको समय दिएको छ । 

 

अणानीको सो कम्पनीले बंगलादेशको बिजुली आपूर्ति आधा गरिसकेको छ। समूहको कम्पनी अदानी पावर झारखण्ड लिमिटेड (एपीजेएल) ले ८४ करोड ६० लाख डलर (लगभग ७ हजार ११८ करोड रुपैयाँ) को बक्यौता नतिरेको कारण यस्तो कदम चाल्ने जनाएको हो  ।

 

बंगलादेश पावर ग्रिडको तथ्यांक अनुसार एपीजेएलले बिहीबार रातिदेखि विद्युत आपूर्तिमा कटौती गरिसकेको छ । सो कटौतीका कारण बंगलादेशमा एकै रातमा १६ सय मेगावाटभन्दा बढी विद्युत् अभाव भएको छ । १ हजार ४९६ मेगावाटको बंगलादेशी प्लान्ट अहिले ७०० मेगावाटमा सञ्चालित छ ।

 

तर, बंगलादेश भने भुक्तानी बक्यौता भएकाले कम्पनीले शुल्क बढाएको जनाएको छ ।

 

बंगलादेश विद्युत बोर्डले पुरानो बिल तिरेको बताएको छ तर जुलाईदेखि अणानीको शुल्क हरेक हप्ता २२ मिलियन डलरभन्दा बढी पुगेको छ । पिबिडीले करिब १८ मिलियन डलर तिरेको छ, जबकि बाँकी रकम बढ्दै गएको छ ।

 

अदानी पावरले अप्रिल २०२३ देखि बंगलादेशलाई बिजुली बेच्दै आएको छ । अणानी पावर लिमिटेड (एपिएल) ले १० अप्रिल २०२३ देखि आफ्नो पावर प्रोजेक्ट मार्फत बंगलादेशमा बिजुली निर्यात गर्न थालेको हो। सन् २०१७ मा कम्पनीले गोड्डा पावर प्लान्टबाट बंगलादेशमा २५ वर्षका लागि विद्युत् खरिद सम्झौता अन्तर्गत बिजुली आपूर्ति गर्ने सम्झौता गरेको थियो ।

 

सो प्लान्ट साढे तीन वर्षमा सञ्चालनमा आएको थियो । गत वर्ष तत्कालिन प्रधानमन्त्री शेख हसिनालाई भेटे पछि गौतम अडानीले ट्वीटरमा उक्त तस्बिर सेयर गरेका थिए । 

 

उनले लेखेका थिए, ‘१६०० मेगावाटको अल्ट्रा सुपर क्रिटिकल गोड्डा पावर प्लान्टको फुल लोडको सुरुवात र हस्तान्तरणमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेट्न पाउँदा म सम्मानित छु। म भारत र बंगलादेशका समर्पित टोलीहरूलाई सलाम गर्दछु, जसले कोभिडको सामना गरे पनि साढे तीन वर्षको रेकर्ड समयमा प्लान्ट सञ्चालनमा ल्याउन सफल भए  । 

 

अणानी समूहको थर्मल पावर उत्पादन गर्ने कम्पनी अणानी पावरले आर्थिक वर्ष २०२४–२५ को दोस्रो त्रैमासिकमा ३,२९८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ हजार ५९४ करोड रुपैयाँ नाफा कमाएको थियो ।

 

परिचालन राजस्वको कुरा गर्दा यो कम्पनिले जुलाई–सेप्टेम्बर त्रैमासिकमा १३, ३३९ करोड रुपैयाँ थियो। वार्षिक आधारमा ३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०२३–२४ को दोस्रो त्रैमासिकमा कम्पनीले १२,९९१ करोड रुपैयाँ राजस्व आर्जन गरेको थियो । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖